पूर्वाधार विस्तार गर्दा सेवा अवरुद्ध: नेपाल टेलिकम

१९ फागुन २०७९, काठमाडौं। 

नेपाल टेलिकमले ग्राहक वर्गलाई सेवा प्रदान गर्नको लागि अन्डर ग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ ।

सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जन-सरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुगेको छ। यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आएको छ ।

यही क्रममा काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको रहनुपरेको कम्पनीले जनाएको छ ।

कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ । दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछ ।

संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ। यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्न सक्ने सम्भावना पनि रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here