याडिया नेपालद्वारा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटरहरू सार्वजनिक
२२ साउन, काठमाडौं।
नेपालका लागि YADEA को आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ पुस्ताका YADEA GS70, GT70 र GT80 विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ।
आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ग्लोबल नम्बर १ विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड YADEA ले नवीन प्रविधि, उच्च कार्यसम्पादन र दिगो यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै आएको छ।
नयाँ GS70, GT70 र GT80 ले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकसम्मका विविध आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेका छन् । यी स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि तथा उन्नत सुरक्षा सुविधासहित बजारमा उपलब्ध गराइएका छन्।
तीन मोडेल, तीन फरक अनुभव
YADEA GS70 – स्मार्ट दैनिक सहयात्री
दैनिक सहरी यात्रालाई सहज, भरपर्दो र किफायती बनाउन डिजाइन गरिएको YADEA GS70 मा २.१ kWh LFP ब्याट्री तथा २.८ kW पीक मोटर जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरम्म यात्रा गर्न सक्षम बनाउँछ। सुविधा, आराम र विश्वसनीयताको उत्कृष्ट संयोजन भएको यो स्कुटर दैनिक प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो।
YADEA GT70 – लामो दूरीका लागि तयार
लामो दूरी यात्रा गर्ने तथा अधिक रेन्ज चाहने ग्राहकका लागि निर्माण गरिएको YADEA GT70 मा ५.७ kWh डुअल LFP ब्याट्री प्रणाली (३.६ kWh फिक्स्ड + २.१ kWh
रिमुभेबल ब्याट्री) तथा ३.७ kW पीक मोटर रहेको छ । यसले २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्नुका साथै रिमुभेबल ब्याट्रीको सुविधाले चार्जिंगलाई अझ सहज र लचिलो बनाउँछ।
YADEA GT80 – प्रिमियम प्रदर्शनको नयाँ परिचय YADEA को प्रिमियम सेग्मेन्ट अन्तर्गत रहेको GT80 मा ३.६ kWh लिथियम ब्याट्री, ५ kW पीक मोटर, ८० किमी/घण्टासम्मको उच्च गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ। उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो स्कुटर विशेष रूपमा विकास गरिएको हो।
स्मार्ट प्रविधि, सुरक्षित यात्रा
नयाँ YADEA सिरिजमा अत्याधुनिक स्मार्ट प्रविधिहरू समावेश गरिएको छ, जसले प्रत्येक यात्रालाई अझ सहज र कनेक्टेड बनाउँछ।
मुख्य स्मार्ट फिचरहरू:
-
ब्लुटुथ कनेक्टिभिटी
-
TFT स्मार्ट डिस्प्ले
-
मोबाइल नेभिगेसन मिररिङ
-
YADEA स्मार्ट एप कनेक्टिभिटी
-
पाँचजनासम्म प्रयोग गर्न सकिने Family Sharing सुविधा
-
स्मार्ट Keyless प्रणाली
सुरक्षित यात्रालाई प्राथमिकता दिंदै तीनै मोडेलमा निम्न सुरक्षा प्रविधिहरू समावेश गरिएको छ:
- Traction Control System (TCS)
- Cruise Control
- Hill Hold Control
- Hill Descent Control
- Dual Disc Braking System
यी सुविधाहरूले विभिन्न सडक तथा भौगोलिक अवस्थामा अझ बढी स्थिरता, उत्कृष्ट नियन्त्रण तथा सुरक्षित र आत्मविश्वासपूर्ण राइडिङ अनुभव प्रदान गर्छन्।
विश्वसनीयताको प्रतिबद्धता
YADEA ले आफ्नो अत्याधुनिक ब्याट्री प्रविधि तथा उत्पादन गुणस्तरप्रति विश्वास व्यक्त गर्दै नयाँ GS70, GT70 र GT80 मा ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता र मानसिक सन्तुष्टि प्रदान गर्नेछ।
विशेष अफर तथा देशव्यापी उपलब्धता
नयाँ YADEA GS70, GT70 र GT80 अहिले नेपालभर रहेका २० वटा आधिकारिक YADEA डिलरशिप मार्फत उपलब्ध छन्। कम्पनीले आगामी दिनमा देशभर आफ्नो डिलर तथा सेवा सञ्जाललाई थप विस्तार गर्ने योजना पनि अधि बढाइरहेको छ।
लन्चको अवसरमा कुजु नेपाल प्रा. लि. ले नाइमा अटो शो (NAIMA Auto Show) सम्पन्न नहुँदासम्म तीनै मोडेलमा रु. १०,००० को विशेष छुट प्रदान गरिरहेको छ।
For More: Yadea Electric Scooters Nepal

