काठमाडौं ।
कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन।

कारागारले फ्याक्सबाट तथ्यांक पठाउने गरेकामा अब सम्बन्धित जिल्ला कारागार व्यवस्थापनले मोबाइलबाटै तथ्यांक अपडेट गराउन सक्नेछन् ।
अबको एक महिनाभित्र कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने सुवेदीले बताए । उनले भने, ‘मध्यपश्चिम, सुदूरपश्चिमको तथ्यांक राखिसकेका छौं । अबको चार दिनपछि पूर्वाञ्चलको अपडेट गर्दैछौं । त्यसपछि बाँकी रहेका क्षेत्रको तथ्यांक संकलन गर्दैछौं ।’सूचना, प्रविधिमार्फत तथ्यांक व्यवस्थित गर्न सकिने हुँदाहुँदै पनि म्यानुअलमा काम गर्नुपरेको र हस्तलिखितमा त्रुटि हुने गरेको उनले बताए । ‘