माइक्रोसफ्टको स्काइपमा भिडियो कलिङ सुविधा

Share It On:

काठमाडौं ।
माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो।
यही कुरालाई साकार पार्दै स्काइप ग्रुप भिडियो कल फिचर आएको छ। स्काइप ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको छ।
सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका छन्। अब आउने सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ। माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ।
स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ र जो व्यक्ति कुरा गरिरहेको छ उक्त व्यक्ति बीचमा हुन्छ।

Share It On: