प्रविधिले निम्त्याएको चुनौती सामना गर्न राज्य संयन्त्र तयार हुनुपर्ने

current cyber security issue by Nepal e-governance Society

आईतबार, चैत २३, २०७६, Kathmandu

बिश्वलाई संकट ग्रस्त बनाइरहेको कोरोना (covid-19) माहामारी संग सिङ्गो मानवजाती संघर्षरत रहेको छ। बिश्वका अन्य मुलुक जस्तै नेपाल पनि माहामारीका विरुद्ध लडिरहेको छ। सबैको साथ र सहयोगले नै बिपत्तिको कम भन्दा कम क्षतिमा सामना गर्न सकिन्छ। जनस्वास्थ्यको विषम परिस्थितिमा नेपाल सरकार, सरोकारवाला, संघ-संस्था र जनताले अपनायको सतर्कता र सचेतता उदारणीय छ।

शासन, प्रशासन लगायत बिबिध क्षेत्रमा विद्युतिय प्रणालीको प्रयोग अनिवार्य बन्दै गैरहेको परिपेक्षमा बर्तमान संकटले यसको अनिवार्यता र महत्व अझ बढाइदिएको छ। e-Governance का बिबिध पक्षहरु (G2C), (G2B), (G2G),(G2E) सेवाहरुको उपयोगिता झन उच्च रुपमा सिद्ध भएको छ। संकटले उजागर गरिएका प्राविधिको प्रयोग आगामी दिनमा अझ प्राथमिकतामा राखिने छ। साथै प्राविधिले दिएको अवसर संगै सृजित चुनौतीलाई सामना गर्न सचेत हुनुपर्ने जरुरी छ। हालै समाचारमा आएका Un-ethical Access तथा Data security संग सम्बन्धित कार्यउपर समाजको गम्भीर ध्यानाकर्षण भएको छ। सरकारका अन्तर्गतका निकाएहरु कर्पोरेट क्षेत्र तथा बिभिन्न संघ सस्थाद्वारा संकलित नागरिकका व्यक्तिगत गोपनिएता संग सम्बन्धित अति सबेदनशिल बिबरण प्राइवेट कम्पनिहरुको Database मा भण्डारण गरेर राख्नु, बिना कुनै मापदण्ड जो कोहिले सजिलै पहुच पाउनुले डाटा सुरक्षामा प्रश्न चिन्ह खडा भएको छ साथै समयमै उपयुक्त कदम नचालेमा भबिस्यमा गम्भी र दुरुपयोग समेत हुनसक्ने छ ।

प्रविधिले निम्त्याएको चुनौती सामना गर्न राज्य संयन्त्र तयार हुनैपर्दछ, कहिँ कतै गलत क्रियाकलाप भएको खण्डमा कानुनतः कारबाही हुने ब्यबस्था निर्माण गर्नुपर्दछ। यस प्रकरणमा लोकतन्त्र र प्रेस स्वतन्तरता संगै साईबर सुरक्षा सँग सम्बन्धित केहि पेचिला प्रश्नहरु पनि उठेका हुँदा भविष्यमा घटना दोहोरिन नदिन सार्बजनिक भएको घटनाको सत्य तथ्य छानबिन गरि कारबाहीको दायरामा ल्याउन सरकार समक्ष अनुरोध गर्दछ। e-Governance, e-Learning, Cyber Security, लगायतका क्षेत्रमा नेपाल सरकार तथा सरोकारवाला निकायसंग सम्वन्वय तथा सहयोगका लागि Nepal e-Governance Society (NeGS) तयार छ।

Here is the Press Release by Nepal e-governance SocietyNepal e-governance Society

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here