नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

Nokia Phone Extended Warranty In Nepal

सोमबार, चैत २४, २०७६
नोकियाले हाल COVID-19 कोरोना भाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो मर्मत तथा अन्य सेवा को वारेन्टिमा ४५ दिनको म्यादथप गरेको जानकारी दिएको छ।
COVID-19  कोरोना भाइरसले श्रृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरु माझ आफ्नो ग्राहकहरुका लागि नोकिया फोनको वारेन्टी थप ४५ दिनको लागी लम्ब्याएको छ । उक्त अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टिमा लागू गरिएको छ।
प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद  ३० अप्रिल, २०२० हुनेछ । नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकका अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया C1 स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here