सनराइज बैंकद्वारा PPE हस्तान्तरण

Bank have handed over PPE from through Province 2 and Gandaki Province office

चैत २१, २०७६,

हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेकोले, यहाँहरुको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण PPE जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्ग सनराइज बैंक लि.का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री PPE हस्तान्तरण गर्नुभएको छ ।

यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान PPE हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साह ज्यूलाई हस्तान्तरण गर्नु भएको छ ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here