प्राधान हार्डवेयर ग्यालरी उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार
६ असोज, काठमाडौं।
नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ ।
नयाँ डिलरको सुरुवातसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान खोज्ने ग्राहकहरूमाझ कजारियाका उत्पादनहरूको पहुँच थप सहज हुने भएको छ ।
प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११:३० बजे आयोजना हुँदैछ । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको प्रमुख आतिथ्यमा आयोजना हुने उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेड तथा प्राधान हार्डवेयर ग्यालरीका प्रतिनिधिहरू, निर्माण तथा इन्टेरियर क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू र स्थानीय ग्राहकहरूको उपस्थिति रहनेछ ।
ग्राहकहरूको आवश्यकता र बदलिँदो डिजाइन ट्रेन्डलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यस डिलरमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सनहरू उपलब्ध हुनेछन् ।
ग्राहकहरूले एउटै स्थानबाट विभिन्न आधुनिक डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल्स अवलोकन गर्दै आफ्ना व्यक्तिगत रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार उपयुक्त टायल छनोट गर्न सक्नेछन् ।
यस नयाँ डिलरमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा अन्य निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहकहरूले कजारियाका गुणस्तरीय टायल कलेक्सनहरू अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
साथै, यो उद्घाटन नेपालका प्रमुख तथा उदीयमान बजारहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूको नजिक गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका टायल समाधान पुर्याउने कजारियाको निरन्तर प्रयासको अर्को महत्वपूर्ण कदम हो ।
“प्राधान हार्डवेयर ग्यालरीलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । यो सहकार्यले नेपालभर हाम्रो रिटेल पहुँचलाई थप विस्तार गर्नुका साथै ग्राहकहरूमाझ कजारियाका गुणस्तरीय तथा आधुनिक डिजाइनयुक्त टायल समाधानहरू सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुर्याउनेछ,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने ।
उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्स लिमिटेडले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको रूपमा प्रमाणपत्रसमेत प्रदान गर्नेछ । उक्त प्रमाणपत्रले कजारिया र प्राधान हार्डवेयर ग्यालरीबीचको नयाँ साझेदारी तथा कजारियाको रिटेल नेटवर्क विस्तारमा ग्यालरीको भूमिकालाई औपचारिक रूपमा सम्मान गर्नेछ ।
नयाँ डिलर उद्घाटनपश्चात् ग्राहकहरूका लागि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जहाँ कजारियाका विविध प्रिमियम टायल कलेक्सनहरू उपलब्ध हुनेछन् ।
कजारिया रमेश टायल्स लिमिटेडबारे
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ ।
कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण तथा इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यताबाट समेत स्पष्ट हुन्छ ।
यसै क्रममा कजारिया रमेश टायल्स लिमिटेडले NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय तथा विश्वस्तरीय टायल उत्पादकका रूपमा थप स्थापित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित कजारियाले दीर्घकालीन टिकाउपन, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनको संयोजन भएका उत्पादनमार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरू सहित सशक्त देशव्यापी उपस्थिति रहेको छ ।
यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी क्षमता, असाधारण मजबुती र आधुनिक डिजाइनका लागि परिचित छन् ।
For More: kajaria Ramesh Tiles Dealer

