९७० बाट सुरु भएका एनसेल नम्बरमा ओटीपी समस्या

Now Ncell mobile number start from 970

१३ जेठ, काठमाडौं । 

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले ९७० बाट नयाँ नम्बर उपलब्ध गराउँदै आएको छ । उक्त नयाँ नम्बरमा ओटीपी कोड नआउने समस्या भइरहेको ग्राहकहरूबाट जानकारी आएको छ । ग्राहकहरूबाट धेरै गुनासो आएपछि कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको छ ।

“नयाँ मोबाइल नम्बर लिएका ग्राहकहरुबाट ओटीपी (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप (Sign Up) गर्दा ,वालेटबाट कारोबार गर्दा कठिनाइ भएको लगायतका जानकारी प्राप्त गरिरहेका छौँ,” “त्यसैले ९७० देखि सुरु हुने नयाँ मोबाइल नम्बरलाई पनि अन्य नम्बर सरह आफ्नो सिस्टममा चल्ने बनाउँदै सेवाहरु खोल्न मोबाइल नम्बर प्रयोगमार्फत सेवा प्रदान गर्ने सरकारी तथा अर्ध सरकारी निकाय, बैंक तथा वित्तिय संस्था र निजी संघ संस्था लगायत सबैलाई हार्दिक अनुरोध गर्दर्छौं”,एनसेलको सूचनामा लेखिएको छ ।

यस नयाँ नम्बरका साथ आगामी दिनहरुमा ग्राहकलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here