सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग गरिने, नेपालका लागि लुब्रि-एक्स सार्वजनिक

Sonalika Tractor Nepal

शुक्रबार, कात्तिक ८, २०७६

नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुनेछ । यसका लागि सोनालिका र पेट्रोनस बीच सहकार्य भएको छ । पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

Lubri-X-2 Nepal

शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरे ।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्छ । त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउछ । सो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ । नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ । यस अन्तर्गत अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरिएको छ ।

सो अवसरमा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो । पेट्रोनस र सोनालिका आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै परिचित कम्पनी हुन् । सन् १९७४ मा स्थापित मलेसियन कम्पनी पेट्रोनसका अटोमोटिभ तथा इन्डष्ट्रियल लुब्रिकेन्ट विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन् । विश्वका प्रमुख १० लुब्रिकेन्ट कम्पनीमा पेट्रोनस पनि पर्छ ।

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ । मर्सिडिज पेट्रोनस एएमजीले २०१४ देखि २०१८ सम्म लगातार फर्मुला वान रेस जितेर रेकर्ड कायम गरेको छ र यसरी ५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट ब्रान्ड बनेको छ । यो वर्ष पनि सो रेस जितेर ६ पटक रेस जित्ने ब्रान्ड बन्ने तयारीमा छ ।

त्यसैगरी सोनालिका ट्रयाक्टर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने ट्रयाक्टरमा पर्छ । अन्तर्राष्ट्रिय बजारमा जस्तै नेपाली बजारमा पनि यी दुई कम्पनी बीच सहकार्य भएकोमा दुवै कम्पनीका प्रतिनिधिहरुले खुसी ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here