नेपालको सबैभन्दा ठूलो सेल ११.११ को लागी दराजको यस्तो छ तयारी

Daraz 11.11 campaign In Nepal

काठमाडौं, कात्तिक १७

संसार कै सबैभन्दा ठूलो सेल, अलिबाबा को ११.११ सेल नजिकिँदै छ । पहिले चीनमा मात्र सिमित उक्त सेल अहिले संसार भरि एउटा मनोरन्जनात्मक सेल डे को रुप मा चिनिन गएको छ ।

यो सेल अहिले अलिबाबा संग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।

दराज ११.११

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजना गरेको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुणा बढि व्यापार गरेको थियो साथै २ लाख भन्दा बडि उपभोक्ताहरु, १ हजार भन्दा बढी बिक्रेता तथा ब्राण्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो ।

नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवाको सुरुवात गरेर दराजले यसपालीको ११.११ सेल डेले अझै ठूलो बनाउने भएको छ ।

यस एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, ‘गतसालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र साच्चिनै रमाइलो एकदिनको सेलको अनुभूति दिन चाहान्छौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जाल मा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यसवर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ ।

दराज को तयारी

यस साल को ११.११ अभियान मा दराज सँग ३००० हजार भन्दा बढी बिक्रेता गरि ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ ।

त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराजले ४०० थप डेक्स हेरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर अगेंटहरु थपेको छ ।

साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ ।

उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्नेछन् जसले गर्दा वितरण फी तिर्नु पर्दैन ।

यसका साथ साथै सामानको गुण्स्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिव्यू र सेलर सँग प्रतक्ष च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सटिक सामान छान्न निक्कै सहयोग पुग्नेछ ।

साथै मशिन लर्निङ्ग अथवा आर्टीफीशीयल इन्टेलिगेंस मार्फत दराज ले उपभोक्ता हरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग त पुराइरहेको नै छ ।

समग्रमा यस वर्ष को ११.११ एकदिनकोसेल(#ekdinkosale) अहिले सम्म कै सबै भन्दा ठूलो र उत्कृष्ट हुने अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here