मेभोक्स ब्रान्डका भारतीय हेलमेटको बिक्री–वितरण प्रारम्भ

आईतबार, चैत १७, २०७५ काठमाडौं

केही दिन पहिले मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराएको हो ।

फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपैयाँ सम्म छ ।
मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।
हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।
हेलमेटले गुणस्तरको लागि भारतीय सुरक्षा मापदण्ड अनुसारको आईएसआई सर्टिफिकेट प्राप्त गरेको छ भने संयुक्त राष्ट्रसंघको ईसीई सर्टिफिकेट समेत प्राप्त गर्ने प्रक्रियामा रहेको बताएको छ ।
सन्धार टेक्नोलाजिज र एमकिन इन्डष्ट्रिजको संयुक्त लगानीमा सन्धार एमकिन इन्डष्ट्रिजको स्थापना गरिएको हो । मेभोक्स हेलमेट उत्पादनका लागि भारतको मानेसरमा प्लान्ट स्थापना गरिएको छ । वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन गर्ने क्षमता भएको उक्त प्लान्टमार्फत यो आर्थिक वर्षमा ७ देखि ८ लाख हेलमेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।  सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिले देखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here