सनराइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

१ पुस २०७६, काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष श्री रामकाजी तामाङ्ग ज्यु तथा बैंकका प्रदेश १ का प्रतिनिधी श्री पुर्ण बहादुर थापा ज्यु ले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here