अब नेटनिभीमा बलिउड चलचित्र, तिहारमा ग्राहकका लागि लक्ष्मी

nettv nepal
Share It On:

मंसिर १, २०७७ काठमाडौं  ।

नेटटिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एप मार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको छ।

पहिलो पटक,  नेटटिभीले बॉलीवुडको ब्लकबस्टर चलचित्र “लक्ष्मी” लाई नोभेम्बर! देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स  र नेटटिभी एप मार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ ।

अक्षय कुमार द्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो।

वर्ल्डलिंकका ग्राहकहरू जोसँग नेटटिभीको सदस्यता छ, यस  चलचित्रलाई टिभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्स मार्फत हेर्न सक्नेछन। अरू गैरवर्ल्डलिंक  ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारी भन्छन्,“ अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् । “लक्ष्मी ” बलिउडको ठूलो वजेटको चलचित्र हो ।

 यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएकाछौ।

कठिन महामारीको बाबजुद पनि नेटटिभी सेट-टप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास छ । ताकि सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन ।

सबै नेटटिभी ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि अनुरोध गर्दछु साथै नेटटिभीले ग्राहकहरूको लागी विशेष तथा अनौंठो सुविधा सुरु गरेको छ । पहिला चलचित्र हेर्नुहोस र भुक्तानी पछि गर्नुहोस.


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *