दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि आवेदन खुला

Nepal Telecommunication Authority (NTA)  Vacancy for Market Management Member
Nepal Telecommunication Authority (NTA)  Vacancy for Market Management Member

१९ जेठ, काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन सदस्य पदमा नियुक्तिका लागि आवेदन खुलाएको छ । सूचना जारी गर्दै प्राधिकरणले उक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त आवेदनमा ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेका इच्छुक नागरिकले आवेदन दिन सक्नेछन् । यो सूचना प्रकाशित भएको मितिले पन्ध्रौं दिनसम्म अथवा सो दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।

साथै इच्छुक नागरिकले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात (७) वर्ष काम गरेको तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा ७ (सात) वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यसका साथै उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले माग गरिएका कागजातहरू संलग्न गरी सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय,संस्थान समन्वयन शाखा,सिंहदरवार समक्ष दरखास्त पेश गर्नुपर्ने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here