राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
१० असार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ।
धनगढीस्थित राष्ट्र बैंकको कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिको लाइसेन्स खारेज गरेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो। नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
यससँगै राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कुनै प्रकारको आर्थिक लेनदेन, दाबी–द्वावी वा अन्य सरोकार भएका व्यक्ति तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा विवरण पेश गर्न आग्रह गरेको छ।
For More:-NRB Money Changer License


