बैंकहरूलाई राजस्व र सरकारी रकम तत्काल प्रणालीमा दर्ता गर्न निर्देशन
१५ वैशाख, काठमाडौं।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बैंकहरूलाई राजस्व र सरकारी रकम तत्काल प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ।राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुको नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सरकारी कारोबार सञ्चालनका लागि स्वीकृति प्राप्त वाणिज्य बैंकहरुले राजस्व तथा अन्य सरकारी रकम बुझिलिने तर प्राप्त सम्पूर्ण भौचरहरु राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) र सुत्र रेभेन्यु मोडुललगायतका प्रणालीमा तत्काल प्रविष्टी गर्ने नगरेकोले सेवाग्राहीले तत्काल सेवा लिन नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यो परिपत्र जारी गरेको हो।
नेपाल राष्ट्र बैंकद्वारा जारी सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१)’ को परिच्छेद ५ बमोजिम विशेष परिस्थिति बाहेक आरएमआईएस (RMIS) र सुत्र (SUTRA) रेभेन्यु मोडुल जस्ता प्रणालीमा भौचर प्रविष्ट गरेपछि मात्र राजस्व तथा अन्य सरकारी रकम बुझिलिने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिइएको छ।
For More:-Government Revenue Recording System


