नर्भिकले ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
१२ असोज, काठमाडौं।
नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलका अनुसार असोज १४ देखि १६ गते ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सेवा उपलब्ध हुनेछ। साथै, स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ।
निःशुल्क ओपीडी सेवा बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। सेवा लिन इच्छुक ज्येष्ठ नागरिकले ०१–५९७००३२ वा ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ।
उमेर बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले ज्येष्ठ नागरिकले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताइन् ।
नर्भिकले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै जेरियाट्रिक केयर सेवा समेत सञ्चालन गर्दै आएको जनाएको छ।
For More: Norvic Hospital Free OPD

