सूचना प्रविधिको क्षेत्रमा प्रगति गर्दै स्वास्थ्य बीमा बोर्ड पाचौ बर्षमा प्रवेश

Government Health Insurance Board Of Nepal
https://np.ictframe.com/fourth-year-completion-of-health-insurance-board-of-nepal/

२५ चैत २०७६, काठमाण्डौं 

युनिभर्सल हेल्थ कभरेजले नागरिकलाई आर्थिक कठिनाई विना स्वास्थ्योपचार सेवा उपलव्ध गराउनु पर्ने मान्यता अंगिकार गरेको छ । विश्व स्वास्थ्य संगठनले युनिभर्सल हेल्थ कभरेजको उद्देश्यलाई निम्नानुसार परिभाषित गरेको छ:

The goal of universal health coverage is to ensure that all people obtain the health services they need without suffering financial hardship when paying for them”

सामान्य अर्थमा स्वास्थ्य बीमा भन्नाले स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याउने, स्वास्थ्य समस्याका कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्रलाई बुझाउँदछ । स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने बृहत सामाजिक साझेदारीको अवधारणा हो। विश्व स्वास्थ्य संगठनले कुनै पनि जाति, धर्म, राजनैतिक मान्यता, आर्थिक वा सामाजिक अवस्थाको आधारमा भेदभाव विना हासिल गर्न सकिने सर्वोत्कृष्ट स्वास्थ्यको उपभोगलाई प्रत्येक व्यक्तिको मौलिक अधिकारको रूपमा व्याख्या गरेको छ।

“तपाईको स्वास्थ्य हाम्रो अठोट नारालाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न र स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रूपमा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनका लागि स्वास्थ्य बीमा कार्यक्रमको आवश्यक रहेको देखिन्छ । नेपालमा स्वास्थ्य बीमा मार्फत् जनताको समेत केही योगदान रहने गरी जनता र राज्यको साझेदारीमा नेपालमा स्वास्थ्य बीमा लागू गर्न प्रयासहरु भएका छन्।

स्वास्थ्य बीमा बोर्डले सुरुवाती चरण देखि नै अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरि यस क्षेत्रलाई बलियो अस्त्रको रुपमा विकाश गर्दै नेपालको स्वास्थ्य क्षेत्र , बिधुतिय शासन क्षेत्र तथा नेपाली जनतालाई प्रबिधि संग नजिक हुने र बिधुतिय प्रणाली द्वारा सेवा लिने, दिन अवसर प्रदान गर्दै उल्लेख्य प्रगति गरेको देख्न सकिन्छ। स्वास्थ्य बीमा कार्यक्रमको व्यवस्थापन गर्न तयार पारिएको प्रणाली बीमा व्यवस्थापन सूचना प्रणाली (open IMIS) हो । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणालीको सहयोगमा सम्पूर्ण सेवाको सूचना संकलन र व्यवस्थापन गर्ने गर्दछ । बीमा व्यवस्थापन सूचना प्रणाली इन्टरनेटमा आधारित सूचना प्रणाली हो ।

यसमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका सदस्य, आबद्ध स्वास्थ्य सेवा प्रदायक, प्रयोग गरेको सेवा, दावी आदिको रेकर्ड रहने गरेको छ । यस प्रणालीमा सदस्यता दर्ता तथा नवीकरण, दावी व्यवस्थापन, पृष्ठपोषण, प्रतिवेदन लगायतका कार्यहरुको व्यवस्था रहेको छ । यसमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ जसले सूचना प्रविष्टि तथा समीक्षा कार्यक्रममा हुन सक्ने गल्ती प्रति सजग पनि गराउदछ । यो प्रणालीले चौविसै घण्टा विभिन्न सूचना प्रवाह गर्दछ । यस प्रणालीमा स्मार्टफोन (मोबाइल) बाट पनि सूचना आदान प्रदान गर्न सकिन्छ । भबिष्यमा नेपालमा एकिकृत स्वास्थ्य सेवा बेबस्थापन प्रणाली बिकाश गर्न को लागि स्वास्थ्य बीमा बोर्डले चालेको कदमले टेवा पुर्याउने छ।

स्वास्थ्य बीमा कार्यक्रममा आम सर्वसाधारण, विज्ञ देखि नेपाल सरकार सम्मको ठुलो आशा रहेको छ । यस कार्यक्रमले स्वास्थ्य प्रणालीमा व्यापक प्रगति गर्न मद्धत पु¥याउने छ । यस कार्यक्रमको कार्यान्वयन मार्फत स्वास्थ्य सेवामा सबैको पहुँच बढ्ने छ र आवश्यक अवस्थामा सेवा उपयोगका लागि आर्थिक व्यय भार कम हुने छ । स्वास्थ्य बीमा कार्यक्रमले विशेषत: Universal Health Coverage लगायत जनताको समग्र स्वास्थ्य अवस्था तथा जीवनस्तरमा सुधार हुने हुनाले दिगो विकासका लक्ष्य (Sustainable Development Goals/SDGs) प्राप्त गर्न सहयोग पुग्ने, समता मुलक वित्तीय परिचालन भई स्वास्थ्य सेवामा हुने व्यक्तिगत खल्तीको खर्चको अत्यधिक भार (Out of pocket expenditure) मा कमी हुने हुनाले सेवामा पँहुच र सेवा उपयोगमा वृद्धि हुने लगाएतका उपलब्धि हासिल गर्न मद्दत पुग्ने छ। 

Secretary at Nepal e-Governance Society

आशिष राज जोशी
स्वास्थ्य बीमा बोर्ड टेकु, आईटी अधिकृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here