नोकिया सी टु कम मूल्य पर्ने फाेरजी स्मार्टफोन

Nokia C2

काठमाडौं, जेठ ३२

वर्तमान अवस्थाको जिवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिगं, अनलाइन क्लास, अनलाइन स्ट्रिमिङ र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरु द्धारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ । यस वर्तमान अवस्थालाइ मध्यनजर गर्दै नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले कम मूल्यको स्तरीय स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोन मा उत्कृष्ट डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ।

नोकिया सी२–४ जी स्मार्टफोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ। जसलाई टफन ग्लासद्वारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ। यसमा एन्ड्रोइड ९ पीईआई (गो इडिसन) अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो। गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ।

यसमा माइक्रो एसडी कार्डद्धारा ६४ जीवी सम्म स्टोरेज बढाउन सकिन्छ। साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ। यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ।

Nokia C2 Specifications highlights:

  • Body:8 x 75.59 x 8.85 mm
  • Display:7” HD+ IPS
  • Resolution:720X1440 pixels, 18:9 ratio
  • Chipset:MediaTekHelio A22; 12nm Mobile Platform
  • CPU:Quad Core 1.4GHz processor
  • RAM:1GB
  • Storage:16GB (expandable up to 64 via a microSD card)
  • Software & UI:Android 9 (Pie) Go edition
  • Rear Camera:5MP with LED flash
  • Front Camera:5MP with LED flash
  • Audio: 5mm audio jack | Micro USB (USB 2.0)
  • Connectivity:11 b/g/n|Bluetooth® 4.2| GPS/AGPS |

Ambient light sensor | Proximity sensor | Accelerometer (G-sensor)

  • Battery:Removable 2800 mAh | 5V1A charging

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here