नागरिक एप इन्टीग्रेसनका लागि एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य
१ साउन, काठमाडौं।
डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DOIT) सँग सम्झौता गरेको छ ।
यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।
ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिदै, ग्राहकहरू आफैँले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ ।
देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई (DPI) प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ्ग सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबि बैंकको प्रयासमा यो एउटा ठुलो कदम हो ।
For More: NMB Bank Nagarik App


