NIC Asia Equity Opportunity Fund: ८० करोडभन्दा बढीको आवेदन, असोज १३ सम्म भर्ने अन्तिम मौका
१३ असोज, काठमाडौं।
एन आई सी एशिया क्यापिटलद्वारा सञ्चालित १० वर्षे बन्दमुखी ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ मा ३ कार्य दिनमै ८० करोड रुपैयाँभन्दा बढीको मागभन्दा बढी आवेदन परेको छ। योजनाको आकार १ अर्ब रुपैयाँसम्म बृद्धि गर्न सकिने भएकाले इच्छुक लगानीकर्ताले असोज १३ गते बैंकिङ्ग समयसम्म मेरो शेयर वा सी-आस्वा सदस्य बैंकहरू मार्फत आवेदन दिन सक्नेछन्।
एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई ३ कार्य दिनमै मागभन्दा बढी आवेदन, आकार १ अर्ब पुग्ने. एन आई सी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित ‘एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ को इकाई खरिदका लागि ३ कार्य दिनमै मागभन्दा बढी आवेदन प्राप्त भएको छ।
फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रवर्द्धक एन आई सी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई गत असोज ७ गतेदेखि निष्काशन खुला गरिएको थियो।
छोटो अवधिमै सर्वसाधारण तथा संघ-संस्थाबाट मागभन्दा बढी आवेदन परिसकेको क्यापिटलले जनाएको छ। असोज १२ गते साँझ ५:०० बजेसम्म नै ८० करोड रुपैयाँभन्दा बढीको आवेदन परिसकेको छ। स्वीकृत विवरण पुस्तिकाको व्यवस्था अनुसार थप आवेदन प्राप्त भएमा योजनाको आकार ८० करोड रुपैयाँबाट बृद्धि गरी १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिनेछ।
यससँगै योजनामा इकाई खरिद गर्न चाहने लगानीकर्ताहरूले असोज १३ गते (बुधबार) बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन्।१० वर्ष अवधि भएको यस छैटौं बन्दमुखी योजनाको संकलित रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत, भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र वृद्धि सम्भावना भएका कम्पनीहरूमा अध्ययन तथा अनुसन्धान गरी लगानी गरिनेछ।
यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइनेछ।इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र ‘मेरो शेयर’ सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ।
नेपाली नागरिक, गैरआवासीय नेपाली, फर्म, संघ-संस्था, बैंक, बीमा कम्पनी तथा विभिन्न कल्याणकारी कोषहरूले यसमा लगानीका लागि आवेदन दिन सक्नेछन्।
For more: NIC Asia Equity Opportunity Fund

