एन आई सी एशिया बैंकद्वारा भोटेकोशी बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग
१२ भदौ, काठमाडौं।
एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड र बैंकका सञ्चालक तथा कर्मचारीहरुबाट संकलित रु. २१ लाखसहित कुल रु. २ करोड २१ लाख आर्थिक सहयोग गरेको हो।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो। यस विपद्बाट प्रभावित क्षेत्रका नागरिकहरुलाई राहत उपलब्ध गराउन सहयोग पुगोोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको हो।
यस अकल्पनीय बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैंक परिवारले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ।
साथै, बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरुको सकुशल छिटो उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
For More: NIC Asia Bank Flood

