विपद्को यस घड़ीमा साथ दिऔं : विदेशबाट सहयोग पठाउन आईएमईमार्फत निःशुल्क सुविधा
१२ भदौ, काठमाडौं।
प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूका लागि आईएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था मिलाइएको छ।
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खाताहरूमा आईएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्नेछन्।
यस सुविधाले विदेशबाट पठाइने सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ। त्यस्तै, नेपालभित्रबाट समेत ‘खल्ती बाइ आईएमई’ मार्फत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।
आईएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गरेको छ। साथै, प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापनाको प्रयासमा सरकारलाई हरसम्भव सहयोग पुर्याउन सबैमा अपिल समेत गरेको छ।
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोर्नुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति आईएमई ग्रुप परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ।
यसका साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति संस्थाले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
For More: IME free Remittance Relief

