NIC ASIA Bank acquires the Digital Signature Certificate from NCC

nic asia bankaictframe NCCनेपाल सर्टिफाइङ कम्पनी (एनसिसि) ले एनआईसी एसिया बैंक लिमिटेडलाई डिजिटल सिग्नेचर र सर्टिफिकेट (डिएससि) उपलब्ध गराउने सम्झौता गरेको छ । नेपालमा रेडिएन्ट इन्फोटेक नेपाल प्रा.लि. (नेपालमा डिजिटल सिग्नेचर प्रमाणिकरण गर्ने निकाय) ले जारी गरेका डिजिटल सिग्नेचर र सर्टिफिकेटको व्यवस्थापन नेपाल सर्टिफाइङ कम्पनीले गर्दै आएको छ । कम्पनीले कागजमा आधारित कामकाजलाई डिजिटल सिग्नेचर र सर्टिफिकेटले विस्थापन गर्दै देशैभरि लागू गर्ने कार्यमा काम गर्दैछ ।

नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लव मान सिंहका अनुसार एनआईसी एसियाजस्तो बैँकलाई Digital Signature and Certification  उपलब्ध गराउन पाउँदा आफू हर्षित भएको र यो सम्झौताले मुलुकका अन्य वित्तीय संस्थाहरुमाझ पनि डीएससी लागू गर्नको लागि उत्साह थपिएको छ। यसैगरी सिग्नेचर र सर्टिफिकेटलाई प्रभावकारी र भरपर्दो माध्यम बनाउन अनलाइन कारोबारमा अथेन्टिकेशन र सेक्युरिटीमा जोड दिइने कुरामा पनि सिंहको जोड छ । एनआईसी एसियाका एक्टिङ सिईओ लक्ष्मण रिसालको अनुसार सुरक्षित तवरले उपभोक्तामाझ सेवा पुर्याउन डीएससी सेवाले मद्धत गर्ने विश्वास व्यक्त गरे ।