सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ सेमिनार सम्पन्न
२ मंसिर, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटेड आवर कल्चर, कनेक्टि्ड आवर पिपुल, इनर्जीइज्ड सिटिजन्स” कार्यक्रम आयोजना गरेको छ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा प्रदेश प्रमुख लगायतको सहभागितामा सम्पन्न भएको छ।
कार्यक्रममा हाम्रो समृद्ध संस्कृति र परम्पराको महत्वको चर्चा गर्दै यसलाई प्रवर्द्धन गर्ने नेतृत्व विकासको लागी आपसी सम्बन्ध सुदृढ गर्दै थप आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको थियो। मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संचालनमा रहेका छन्।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अथि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड संचालनमा ल्याएको छ।
हालसालै बैंकले नबयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिगी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म संचालनमा ल्याएको छ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्ग अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ्ग एप मार्फत नै शेयर आवेदन र सी.आर.एन. नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जिसमें अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यु आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।
For More: Citizens Bank Chhath Seminar


