स्मार्टफोन ह्याङ हुने समस्याबाट छुटकारा पाउनुहोस् !

एन्ड्रोइड स्मार्टफोन जति पुरानो हुन्छ अनि ह्याङ हुने समस्या सुरु हुन्छ। फोन ह्याङ हुन थालेमा प्रयोगकर्ताले निकै समस्या खेप्नु पर्ने हुन्छ। केही हदसम्म यस्तो समस्याबाट छुटकारा पाउन निम्न कुरामा ध्यान दिनुपर्छ।

ब्याकग्राउण्डमा अनावश्यक रुपमा चलिरहेका एप्लिकेशनका कारण पनि फोन ह्याङ हुने गर्छ। त्यसैले प्रयोगमा नभएका एप्स बन्द गर्ने। अनावश्यक डाटा डिलिट गर्ने,फोनको ब्राउजर, एप्लिकेशन, गेम र अन्य फिचरको प्रयोग गर्दा जम्मा भएको cache डाटा डिलिट गर्ने। यो डाटा फोनमा जम्मा भएमा फोन ह्याङ हुने समस्या हुुन्छ।
एप्सलाई मेमोरी कार्डमा सेभ गर्ने,फोनको इन्टरनल मेमोरी कम भएमा फोनमा ह्याङ हुने समस्या आउछ। त्यसैले बढी साइज भएको एप्लिकेशन मेमोरी कार्डमा सेभ गर्ने।

कम एप्लिकेशनकाे प्रयाेग,फोनमा अनावश्यक एप्सको प्रयोग नगर्ने। चाहिने एप्स मात्र इन्स्टल गर्ने।  मेमोरी कार्ड फुल गरेर फोनको प्रयोग गरेमा फोन ह्याङ हुने समस्या हुन्छ। सफ्टवेयर अपडेट,फोनको सफ्टवेयर पुरानो भएका कारण पनि ह्याङ हुने गर्छ। यदि सफ्टवेयरको नयाँ अपडेट उपलब्ध छ भने फोनलाई अपडेट गर्ने।