नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा

Nepal Telecom copper
Share It On:

२३ चैत, काठमाण्डौं।

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (#PSTN) सेवालाई फाइबर टू दी होम (#FTTH) प्रविधिमा स्तरोन्नति गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडीले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी सो सेवा बन्द गरेकी हुन् ।

कपर प्रविधिबाट वितरण गरिएको टेलिफोन तथा एडीएसएल लाईनहरू पूर्ण रूपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न भएको टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।

प्रबन्ध निर्देशक पहाडीले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकाले पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएको बताइन् ।

एफटीटीएच प्रविधि (#FTTHTECHNOLOGY) मा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकका लागि फलदायी हुने कम्पनीको दाबी छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *