नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै

काठमाडौँ, २०७५ माघ २१ गते ।

विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँदै छ । चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत संस्था हो ।

साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सयभन्दा बढी देशमाआयोजना गर्ने गरिएको छ ।

चाइल्डसेफनेटका अध्यक्ष श्री अनिल रघुवंशी भन्नुहुन्छ, “यस विश्वदिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि अवसर उपलब्ध गराउँछ । सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावक, शिक्षक, समाजसेवी, सामाजिक संस्था, सञ्चारकर्मी, नीति निर्माता, प्रहरी, इन्टरनेट सेवा प्रदायकहरू, नीजी क्षेत्र तथा सबै इन्टरनेट प्रयोगकर्तालाई आह्वान गर्दछ ।”

“आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । सँगसँगै यसले असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । साथै, सूचना र प्रविधिको सहज पहुँचले नेपालमा पनि बालबालिका तथा युवाले प्रविधिको अत्याधिक प्रयोग गर्ने गरेका छन् ।” नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालका ५६.४१ प्रतिशत जनताले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्दछन् । फेसबुक, ईन्स्टाग्राम, यूट्यूब र ट्वीटरका साथै टीकटक र स्नापच्याट प्रयोग गर्नेहरुको संख्या पनि धेरै छ । नेपालमा फेसबुकको मात्र झण्डै एक करोड प्रयोगकर्ता छन्, जस मध्य आधा भन्दा बढी २५ वर्षमुनीका युवा तथा बालबालिका हुन् ।

अध्यक्ष रघुवंशी अगाडि भन्नुहुन्छ, “डिजिटल प्रविधिको असुरक्षित प्रयोगले बालबालिका तथा युवामाअनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा यौनजन्य गैरकानुनी असुली (सेक्स्टोर्सन) जस्ता गम्भीर जोखिमबढिरहेकोछ, जसले उनीहरुको मानसिक,ं बौद्धिक र शैक्षिक विकासमा बाधा पार्नुका साथै उनीहरूलाई असामाजिक बनाउने, हतोत्साही गर्नेे र उनीहरूको आत्मसम्मानमा घटाउने जस्ता प्रभाव पार्ने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न अति आवश्यक छ ।”

सुरक्षित इन्टरनेट दिवस मनाउनका लागि चाइल्डसेफनेटले चेतनामूलक भीडियो, डिजिटल पोष्टर, तालिम तथा शैक्षिक पाठ्यक्रम, हाजिर जवाफ सामग्री उत्पादन तथा सम्प्रेषण गर्दै चेतना अभिवृद्धि कार्यक्रमहरू आयोजना गरिरहेकोछ ।यसै क्रममा हालै सम्पन्न कम्प्यूटर एसोसिएशन नेपाल – ईन्फोटेक२०१९ मा विभिन्न चेतना र सूचनामूलक कार्यक्रम गरि चाइल्डसेफनेटले प्रत्यक्ष रुपमा ५०,००० भन्दा बढी बालबालिका, युवा, अभिभावक र अन्य इन्टरनेट प्रयोगकर्तालाई साइबर सुरक्षा सम्बन्धी जानकारी गराएकोछ । चाइल्डसेफनेटले साइबर सुरक्षा सम्बन्धी रिसर्च तथा सर्वेक्षण गर्नका साथै बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा शिक्षकहरूका लागि साइबर सुरक्षासम्बन्धी प्रशिक्षण तथा छलफल कार्यक्रम पनि सञ्चालन गरिरहेकोछ ।

सुरक्षित इन्टरनेट दिवसको मुख्य फेब्रुअरी ५ तारिख (माघ २२ गते) दिउँसो ३ बजे देखिं साँझ ६ बजे, चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले ललितपुर पुल्चोक स्थित लाबिम मलमा एक विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा रमाइला र सूचनामूलक गीत–संगीत, छलफल, वादविवाद, हाजिर जवाफ जस्ता कृयाकलापको आयोजना हुने छन् ।

सुरक्षित इन्टरनेट दिवस मनाउने अभियानमा सहभागी हुनका लागि बालबालिका, युवा वर्ग, विद्यालयहरू, कलेजहरू, सरकार, प्रहरी, कानुन व्यवसायीहरू, निजी क्षेत्र, इन्टरनेट सेवा प्रदायकहरू, राष्ट्रिय÷अन्तरराष्ट्रिय संस्थाहरू, सञ्चार माध्यमहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न जिम्मेवारीवहन गरिरहनुभएका महानुभावहरूलाई उक्त दिवसका नेपाल संयोजक चाइल्डसेफनेटले आह्वान गरेको छ ।

यस दिवसलाई अत्याधिक उपलब्धीमूलक बनाउनका लागि सामूहिक छलफल, प्रशिक्षण, रमाइलो मेलाहरू, सञ्चार क्रियाकलापहरू, हाजिर जवाफ जस्ता चेतना अभिवृद्धि सम्बन्धी विभिन्न क्रियाकलाप आयोजना गर्न सुझाव दिँदै सरकार, प्रहरी तथा कानुन व्यवसायीहरूले यसलाई साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन तथा कानुनी सुरक्षा सबलीकरणका लागि अवसरका रूपमा उपयोग गर्नसक्ने, इन्टरनेट सुविधा प्रदायक संस्थाहरू र राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरू र निजी क्षेत्रले सेवा तथासहयोग उपलब्ध गराउनुका साथै आ–आ–आफ्ना परियोजनाहरूमा साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धिलाई एकीकृत गरेर सहयोग पु¥याउनसक्ने तथा सञ्चार माध्यम तथा सामाजिक रूपमा प्रतिष्ठित व्यक्तित्वहरूले चेतना अभिवृद्धिका लागि साइबर सुरक्षा सम्बन्धी सन्देशहरू सम्प्रेषण गर्नमा आफ्ना पहुँच तथा प्रभाव उपयोग गर्नसक्ने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here