पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय लोकस प्रदर्शनी हुने

LOCUS 16TH NATIONAL TECHNOLOGICAL FESTIVAL

२०७५ माघ २१ सोमबार

ललितपुरस्थित पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ईन्जिनियरिङ विधाका विद्यार्थीहरुको प्रयासबाट स्थापना भएको संस्था लोकसले आफ्नो वार्षिक ३ दिने प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्ष लोकसको विषय ग्रामीण विकासका लागि प्रविधि रहेको छ। यस अन्तर्गत विभिन्न सेमिनार, गोष्ठी तथा कार्यक्रमहरु मुख्य प्रदर्शनी सुरु हुनु अगाडिदेखि नै आयोजना भइरहेको लोकसले जनाएको छ ।

Locus 2019 16th National Technological Fest to Start from Feb 7

यही माघ २४, २५ र २६ गते पुल्चोक क्याम्पसको प्रांगणमा  सो ३ दिने लोकस प्रदर्शनी हुने र प्रवेश निःशुल्क रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशभर छरिएका उच्च मावि, ईन्जिनियरिङ तथा अन्य प्राविधिक क्षेत्रका विद्यार्थीको प्राविधिक ज्ञानलाई अझै सुधार्दै नयाँ खोज गर्ने तथा आफ्नो कला देखाउने अवसर लोकस–२०१९ ले दिने आयोजकको दाबी छ।

Locus Organize 16th National Technological Festival

यस बर्ष लोकसमा प्रदर्शन हुने करिब ७० प्रोजेक्टहरुलाई चार उप-शिर्षकहरु: (१) स्वास्थ्य र शिक्षा, (२) पर्यटनबाट रोजगार, (३) कृषि र खाद्य प्रविधि र (४) उर्जा प्रभावकारीता अन्तर्गत प्रदर्शनीमा राखिने छन् । लोकसमा सहभागिता जनाई आफ्नो सिप, कला र अनुभव प्रदर्शन गर्न देशभरका विभिन्न जिल्लाहरु बाट हरेक वर्षझैँ यस वर्ष पनि प्रबिधिक विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उपत्यका विभिन्न क्याम्पस कलेज तथा उपत्यका बाहिर रहेका क्याम्पसहरु जस्तै पूर्वान्च ल क्याम्पस- धरान, पश्चिमाञ्चल क्याम्पस- पोखरा र देशभर छरिएर रहेका उच्च मा. वि. क्याम्पसहरु जस्तै अमरसिंह क्याम्पस- पोखरा, हेटौडा स्कुल अफ म्यानेजमेन्ट- हेटौडा, अरनिको क्याम्पस- बिराटनगर लगायत देशै भरिका स्कुल कलेजबाट लोकसमा सहभागिता हुदै आएको छ। इस्वी सम्बत २००३ मा अन्तिम बर्षको इन्जिनियरिंग प्रोजेक्ट प्रदर्शनीबाट सुरु भएको यस लोकसमा बिगतका  बर्षहरुमा उल्लेख्य संख्यामा विद्यार्थीहरु, विभिन्न कम्पनीका प्रतिनिधिहरु, उच्च पदस्थ सरकारी व्यक्तित्व, राष्ट्रियस्तरमा चिर परिचित व्यक्तित्वहरु एवं ख्याति प्राप्त कलाकारहरुद्वारा अवलोकन गरिएको थियो। यस पटकको लोकस संस्करणमा पनि उल्लेख्य दर्शकहरुले लोकस-२०१९ अबलोकन गर्ने अपेक्षा राखिएको छ।                                                                प्रदर्शनीको आकर्षणको रुपमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु जस्तै द्रोणाचार्य (विद्यार्थीहरुले बनाएका ड्रोनहरु माझ प्रतियोगिता), रोबोवार्ज (विद्यार्थीहरुले बनाएका रोबटहरुमाझ प्रतियोगिता), रोबोलोकस (उच्च मा. वि.का विद्यार्थीहरुले बनाएका रोबटहरु माझ प्रतियोगिता), कोड क्याम्प (कम्प्युटरबाट नयाँ सफ्टवेयर बनाउनुपर्ने प्रतियोगिता), कोडजाम (कम्प्युटरबाट कम समयमा निश्चित कार्य गर्नुपर्ने प्रतियोगिता) र विभिन्न कम्प्युटर खेलहरुको ( डोटा-२, पबजी, फिफा फुटबल) प्रतियोगिता रहेको छ। विभिन्न प्रतियोगितामा विजेताहरुलाई रु ५००० देखि रु ३०,००० सम्मका नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ।

इस्वी सम्बत २००३ बाट सुरु भएको यस लोकसले १६ औ संस्करण सम्म आइपुग्दा हरेक बर्ष नयाँ-नयाँ समय सान्दर्भिक बिषयलाई आफ्नो शिर्षक बनाएर विभिन्न विधाहरुमा विद्यार्थीहरुलाई प्रोजेक्ट गर्न उत्प्रेरित गरि देशमा नयाँ प्रबिधिको परीक्षण र बिश्लेषण गरि देशको अभिन्न अंगका रुपमा रहेका प्रबिधिक विद्यार्थीलाई देशविकाश तर्फ अभिप्रेरित गर्दै आएको छ। लोकसमा सानोतिनो स्टलबाट सुरु भएका प्रोजेक्टहरु जस्तै लूट-२ को बिज्ञापनको लागि बनाइएको एनड्रोइड गेम “हाकुरन”, हामीले मोबाइलमा नियमित प्रयोग गर्ने “हाम्रो पात्रो”, बहुचर्चित रोबोटिक रेस्टुरेन्ट “नौलो” ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानआकर्षण गरि नेपाल जस्तो अल्पविकसित देशमा पनि प्रबिधिको ठुलो सम्भावना रहेको कुरा प्रस्ट्याउदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here