नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको अपोलो अस्पतालमा विशेष छुट
१ असार, काठमाडौं।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई भारतको नयाँ दिल्ली, सरिता विहार (मथुरा रोड) स्थित इन्द्रप्रस्थ अपोलो अस्पताल मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो अस्पतालकोे विविध सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा जेठ २९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालको तर्फबाट उप प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ । यस समझदारीले बैंकका सेवाग्राहीलाई अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवामा थप सुविधा गराउने अपेक्षा बैंकले गरेको छ।
For More:-Nepal Bank Apollo Hospital


