प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा हुने

NCHL Partners with Prime Life Insurance

७ फागुन  २०७७, काठमाडौं ।

प्राइम लाईफ इन्स्युरेन्स कं. लि.ले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ ।

यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रयोग गरी यस भित्र रहेका NCHL-IPS तथा connectIPS प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ ।

हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।

यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने विश्वास गरिएको छ ।

प्राइम लाईफ सँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत connectIPS e-Payment बाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने NPI प्रणालीमा आबद्ध भैसकेका छन् ।

NPI नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी / पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट / प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्राइम लाईफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक समुहहरूद्वारा प्रवद्र्धित कम्पनी हो । १३ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा प्राइम लाईफले इन्स्युरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here