ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा छुट

Qatar Airways ticket

६ फागुन  २०७७, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट / क्रेडिट / प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्ग मार्फत कतार एयरवेजको टिकट खरिदमा १०५ सम्म छुट प्राप्त गर्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here