एनसीएचएल र नेप्सबिच मर्जर सम्झौता

NCHL and NePS Merger: Paving the Future of Finance in Nepal
NCHL and NePS join forces in a historic merger, paving the way for a new era in financial innovation and infrastructure in Nepal. #NCHLNePSMerger #FinanceRevolution

११ पुष, काठमाडौं ।

एनसीएचएल र नेप्स बीच गाभ्ने/प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ ।

एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीव कुमार श्रेष्ठबीच उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो ।

एनसीएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरुको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।

विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र सो सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक रहेको छ ।

साथै, नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने/गाभिने वा प्राप्तिसँग सम्बन्धी नीति कार्यान्वयनलाई सफल पार्न एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी अगाडि बढ्नु उपयुक्त विकल्पको रुपमा पनि देखापरेको छ । सोहि अवधारणालाई मुर्तरुप दिन एनसीएचएल र नेप्सबीच प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक लिखित समझदारी भएको छ ।

एनसीएचएलले विभिन्न प्रकरका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ। हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढि अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १ हजार ६ सय भन्दा धेरै एटीएम, ९ हजार बढि पिओएस मार्फत सेवा प्रदान गर्ने, र इकमर्स कारोबारको लागि एएससी थ्रिडि सेक्युर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here