अब घरमै बसी एनसेलको थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्न सकिने

२६ फागुन २०७९, काठमाडौं। 

एनसेलको थ्रीजी सिमलाई अब घरमै बसी निःशुल्क रुपमा फोरजीमा परिवर्तन गर्न सकिने भएको छ । प्रयोगकर्ताले अब आफ्नो थ्रीजी सिमलाई फोरजीमा परिवर्तन गर्न कम्पनीको ग्राहक सेवा केन्द्रमा धाउनु पर्ने छैन ।

थ्रीजी सिम भएका ग्राहकले फोरजीमा परिवर्तन गर्न चाहेमा घरमै बसी १७१२० मा आफ्नो नाम, फोन नम्बर र ठेगाना लेखेर एसएमएस पठाउनुहोस् ।

यसरी एसएमएस पठाइसकेपछि उक्त ठेगानामा डेलिभरी पार्टनर उपाय सिटी कार्गो मार्फत निःशुल्क रुपमा घरमै डेलिभरी गरिदिने एनसेलले बताएको छ ।

प्रयोगकर्ताले आफ्नो सिम थ्रीजी वा फोरजी हो भन्ने थाहा पाउन *३२४# डायल गर्नुपर्नेछ । थ्रीजी सिमबाट फोरजी सिममा परिवर्तन गर्दा २ जीबी डेटा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यदि थप जानकारी चाहिएमा १७१२० मा डायल गर्नसक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here