एनसेलले बनायो दक्षिण एसियाकै अत्याधुनिक ‘डाटा सेन्टर’

ncell data center

५ फागुन २०७९, काठमाडौं । 

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले नेपालमा दक्षिण एसियाकै ठूलो र अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ। डेटा सेन्टरले टियर थ्री प्लस रेटिङ पाएकोले दक्षिण एशियामै पहिलो भएको एनसेलले जनाएको छ ।

सन् २०१५ मा भुकम्प गएपछि डेटा हराउने र सेवा प्रभावित हुने समस्या देखिएपछि एनसेलले डेटा सेन्टर बनाउने योजना गरेको हो। त्यसपछि कोरोना महामारीको समयमा विभिन्न कठिनाइका बाबजुद पनि डेटा सेन्टर तयार पारिएको एनसेलले जनाएको छ। यस डेटा सेन्टरको कन्ट्रक्सन ९ रेक्टर स्केलसम्मको भूकम्पले समेत क्षति नपुर्‍याने एनसेलको दाबी छ।

डेटा सेन्टरको सर्भिस लाइफस्प्यान २५ वर्ष अवधि रहेको छ । नख्खुको डेटा सेन्टर अटोमेटिक रूपमा सञ्चालन हुन्छ । त्यसका लागि १२५० केभीए क्षमताका ५ वटा जेनेरेटर राखिएको छ । विद्युत जाँदा अटोमेटिक रूपमा जेनेरेटर अन हुने गरी व्यवस्था मिलाइएको छ ।

साथै जनेरेटर चलाउन आवश्यक पर्ने तेल ब्याकअपका रूपमा डेटा सेन्टरकै परिसरमा ५० हजार क्षमताको अन्डरग्राउन्ड ट्यांकी राखिएको छ । तेल कम हुने बित्तिकै अटोमेटिक रूपमा तेल जेनेरेटरमा जाने व्यवस्था  गरिएको छ । ब्याकअफले ४८ घण्टाभन्दा बढी काम गर्न सक्ने बताइएको छ । डेटा सेन्टरको डिजेल प्लान्ट क्षमता ५ मेगावाटसम्म छ।

डेटा सेन्टरमा कुनै कारणबस आगलागी भएमा त्यसलाई डिटेक्ट गर्न भेस्डा नामक अटोमेटिक फायर डिटेक्सन प्रविधि जडान गरिएको छ । त्यस्तै आगो निभाउनका लागि नोभ्याक १२३० नामक अटोमेटिक प्रविधि समेत व्यवस्था गरिएको छ ।  यो डेटा सेन्टर सुक्षिरत रहेको छ र सुरक्षाका लागि सम्पूर्ण उपायहरू अबलम्बन गरिएको जनाएको छ ।

वातावरणलाई असर नपर्ने गरी इकोफ्रेन्डली डेटा सेन्टर बनाएको एनसेलले जनाएको छ । डेटा सेन्टरको एफिसियन्सी ९७ प्रतिशतभन्दा बढी भएको एनसेलको दावी छ । डेटा सेन्टरको २४ सैं घण्टा निगरानी हुने गरेको छ ।

डेटा सेन्टरमा  एउटा सिस्टम बिग्रिँदा अर्को चलाउन सक्ने गरी वान प्लस वानको २ वटा सिस्टम राखिएको छ। विद्युत् प्राधिकरणको ग्रिडमा समस्या आउँदा ३० मिनेट धान्नसक्ने गरी यूपीएस ब्याकअपको डिजाइन गरेको छ।

एनसेलले व्यवसायिक प्रायोजनका लागि नख्खुको आधुनिक डेटा सेन्टर निर्माण गरेको हो । डेटा सेन्टरको क्षमता २५० र्‍याकको छ, जसमा ८८ वटा २२० भोल्टका र्‍याक एसी छन् भने बाँकी ४८ भोल्टका र्‍याक डिसी रहेका छन् । लोड डिजाइन २२ सय ५० किलोवाट छ।

एनसेलले टेलिकम्युनिकेसन (भ्वाइस) र डेटा दुवैको लागि उपलब्ध गराउनसक्ने बताएको छ। टेक्निकल रुम, डेटा हल, डेटा सेन्टर, सर्भर रुम, इक्विप्ड रुम, इन्फरमेसन प्रोसेसिङ सेन्टर, अप्सेसन सेन्टर रहेका छन्। डेटा सेन्टरको बिल्डिङ ४८ वटा कन्टेनर प्रयोग गरी बनाएको छ।

एनसेलले कोभिडको महामारीका बेला सञ्चालनमा ल्याएको डेटा सेन्टर आफ्नै प्रयोगका लागि भए पनि भविष्यमा आफ्ना डिजिटल डाटा सुरक्षित राख्न चाहने कुनै पनि कम्पनीलाई सेवा दिने उद्येश्यले निर्माण गरेको बताएको  छ।  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here