एनसेल अब प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिवर्तन

Ncell Building
Share It On:

साउन २१, २०७७ काठमाडौ

एनसेल अब पब्लिक कम्पनीको रुपमा परिवर्तन भएको छ । कम्पनी ऐन २०६३ को २०७४ सालमा भएको संसोधन पछि आगामी बैशाख भित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था भए अनुसार  नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालको २०७७ साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गराएको कम्पनीले जनाएको छ ।निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भए सँगै कम्पनीले आफ्नो नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजियाटा लिमिटेड बनाएको छ।

मेरो मोबाइलको नाममा सेवा शुरु गरेको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको टेलियासोनेरालाई कम्पनी बिक्री गरेको थियो भने त्यसपछि मलेशियाको आजियाटाले किनेको हो । टेलियाले मेरो मोबाइल र स्पाइस नेपालको नाम परिवर्तन गर्दै एनसेलको रुपमा ब्राण्डिङ्ग गरेयता एनसेलको नाममा सेवा सञ्चालन गर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल अपरेटर एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।प्राधिकरणको जेठ महिनाको तथ्याङ्क अनुसार एनसेलका हाल करिब १ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेको जनाएकोछ, भने एनसेलको चुक्ता पूँजी १० करोड रुपैयाँ छ ।

Author: रमेश बि.सी. ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *