नेपाल टेलिकमले कम्पनीका सहप्रवक्ता डिजिटल पेमेन्ट कम्पनीको सीईओमा

Krishna Prasad Bhandari
Share It On:

साउन २१, २०७७ काठमाडौ

नेपाल टेलिकमले कम्पनीका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । टेलिकम सञ्चालक समितिको बैठकले मंगलबार देखि भण्डारीलाई नियमित प्रक्रियाबाट नयाँ सीईओ नियुक्त नहुञ्जेल सम्म अन्तरिम सीईओको रुपमा सहायक कम्पनीको सीईओको जिम्मेवारी दिएको हो। सहायक कम्पनीको सीईओमा नियुक्त भए सँगै भण्डारी टेलिकमको सहायक प्रवक्ताको पदबाट भने मुक्त हुने भएका छन् । तर अन्य व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी नतोकेसम्म भने यो पद कायम नै रहनेछ।

टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन आज नै अन्तर्राष्ट्रिय स्तरको बोलपत्र समेत आह्वान गरेको छ । मोबाइल फाइनाइन्सियल सोलुसनको सप्लाई, डेलिभरी, इन्स्टलेसन र कमिसनिङ कार्यका लागि असोज २ शिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्ने जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *