नेको इन्सुरेन्सको गाईजात्रामा सामाजिक कृयाकलाप

२१ साउन, २०७७ काठमाडौ

देशको निर्जीवन बीमा बजारमा उच्च गुणस्तरीय सेवा पु¥याउने उद्देश्यले २५ बर्ष अघि स्थापना भएको नेको इन्सुरेन्स लिमिटेडले हाल नयाँ ब्यवस्थापनका साथ विभिन्न नयाँ नयाँ बीमा योजनाहरु बीमा बजारमा ल्याएको छ । बीमा बजारमा उत्कृष्ट सेवा पु¥याउदै आएको कम्पनीले आफ्नो ब्यवसाय विस्तार सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कम्पनीले आफ्नो रजत महोत्सव बर्षको अवसरमा यस बर्ष विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ । यसै क्रममा “गाई जात्रा २०७७” को अवसरमा किर्तिपुरमा सहभागी भएका ब्यक्तिहरुलाई पानी, जुस र विस्कुट उपलव्ध गराएको थियो ।
गर्मीको यो मौसममा कम्पनीले पानी तथा जुस उपलव्ध गराएकोमा सहभागी ब्यक्तिहरुले कम्पनीको कार्यको सराहना गरेका थिए । सो कार्यक्रमको संयोजन कम्पनीको किर्तिपुर शाखाका मार्केटिङ कर्मचारी रोजिना डंगोलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here