सुरक्षित इन्टरनेट दिवसका अवसरमा चेतनामूलक कार्यक्रम

Ncell Main Logo

 २५ माघ २०७९, काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर साइबर सुरक्षाका बारेमा  जनचेतनामूलक कार्यक्रम सुरू गरेको छ ।

एनसेलले “मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा” मेरो साइबर सुरक्षा अभियान अन्तर्गत इन्टरनेटको प्रयोग र सुरक्षाका बारेमा  जनचेतनामुलक भिडियो सिरिज कार्यक्रम सुरू गरेको हो ।

उक्त भिडियो सिरिज कार्यक्रम इन्टरनेट सुरक्षा, साइबर बुलिङ, डेटा गोपनीयता लगायत साइबर सुरक्षाका पछिल्ला समस्या बारे केन्द्रित हुने एनसेलले जानकारी दिएको छ ।

भिडियो सिरिजमा हामीले इन्टरनेट चलाउँदा कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ भने भिडियो सिरिजले इन्टरनेट प्रयोगकर्तालाई सुरक्षित रहन सघाउने एनसेलको विश्वास छ ।

एनसेलको “मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा” अभियान गत वर्षदेखि सुरू भएको थियो । गत वर्ष इन्टरनेटमा सुरक्षित रहने उपाय र साइबर सेक्युरिटी बारे साइबर सुरक्षा विज्ञसँग भिडियो टक सिरिज गरिएको थियो ।

तर यस वर्ष भिन्ने शैलीमा साइबर सुरक्षा र इन्टरनेट बारे चेतनामूलक भिडियोहरू श्रंखलाबद्ध रूपमा एनसेलका सामाजिक सञ्जालमा उपलब्ध हुने छन् । नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहयोग रहेको यस सिरिज अन्तर्गतको पहिलो भिडियो मंगलबार उपलब्ध भइसकेको छ ।

थप जानकारीको लागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here