एनसेल आजीयाटाले सुरु ग¥यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्रीप्लस सेवा

Ncell an Axiata Company
Share It On:

साउन २२, २०७७ काठमाडौ

नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा बाट फाइदा लिन सक्छन्। एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्रीप्लस वाइफाइ सेवा सुरु गरेकोछ ।

एनसेल आजीयाटाले सुरु ग¥यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्रीप्लस सेवा

  • नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवा
  • देशभर ४० भन्दा बढी जिल्लामा उपलब्ध
  • सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाको बन्डल अफर
  • वार्षिक प्लान अन्तर्गत मासिक रु ६९० मा सेवा
  • सातै दिन, २४ सै घन्टा ग्राहक सेवा

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेलाथिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो। वायरफ्रीप्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो। यो प्रविधि अन्तर्गत उपभोत्ताले बिनातारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामीम्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन्। गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ्लि न सुरु गरेको थियो ।

वायरफ्रीप्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधि मार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन्। प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं। यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुचँ प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन्। गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्रीप्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।

त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्रीप्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन्। डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्रीप्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्रीप्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन्। ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनिबुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ। ग्राहक लिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युबप्लस ’अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिमप्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *