लर्डबुद्ध एजुकेसन र लायन्स क्लब नेपाल बिच शैक्षिक सहकार्यका लागी सम्झौता

Lord Buddha Education Foundation and Lions Club International

साउन  २२, २०७७ काठमाडौ

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी १ बिच एक समारोहमा शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ।

सम्झौता अनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालीत शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी. आइटी’, ‘बीबीएम ईबीजनेश’, ‘एमबीए’ र ‘एम.एस्सी.आइटी’ मा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरीब तथा जेहेनदार विद्यार्थीले ट्यूशनफीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्ने छन। लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति रु ८,६५,००० बराबरको रहेको छ ।विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी १ गर्ने छ।

सम्झौता पत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मन बहादुर रोका र फाउण्डेसनका तर्फ बाट अध्यक्ष जालानले हस्ताक्षर गरेका थिए। यसको साथै लायन्स क्लबअफ नेपाल डिष्ट्कि ३२५ बी १ अन्तरगत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्यूशनफीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।

यस छात्रवृत्तिले डिस्ट्रिक गभर्नर मन बहादुर रोक्काले प्रस्तुतग रेको नारा “नरचर द फ्युचर” लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताउनु भयो ।

उनका अनुसार, लायन्स क्लबका सदस्यले सिफारिस गरेकाजो कोही योजनाबाट लाभाम्वित हुन सक्ने छन ।

काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन ।  नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here