मुक्तिनाथ विकास र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच सहकार्य

Muktinath Bank

साउन २२, २०७७ काठमाडौ

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंक का सहायक नायव प्रमुख कार्यकारी अधिकृत  तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गर्नुभयो। यस सुविधाबाट बैंकका सेवा ग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque, अन्तर शाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क प्रदान गर्दै आईरहेको छ । साथै बैंकको ग्राहकले VISA network अन्तर्गत जुनसुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here