शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

National Seminar on Education
Share It On:

१४ भदौ, काठमाडौं ।

नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल, र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा “शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध” विषयक राष्ट्रिय सेमिनार २९ अगस्ट (भाद्र १३) का दिन होटेल हिमालय, ललितपुरमा सम्पन्न भएको छ।

National Seminar 2024 on Education

नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा आयोजित यो सेमिनार, शिक्षा र रोजगारी बीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरेर रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय, र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताए। उनले २०४५ सालमा स्थापना भएको सीटीइभीटी (CTEVT) २०८१ सालसम्म आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको भन्दै कम्तिमा पनि पाठ्यक्रम र पुनर्संरचनामा सुधार आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमका मुख्य वक्ता, चेयर अफ एजुकेसन सिस्टम ई.टि.एच. ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघीय संरचनामा टी-भेट (TVET) क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता अनिवार्य हुनुपर्ने बताए। शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिए।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताउँदै, उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको धारणा व्यक्त गरे। उनले उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई महत्वपूर्ण रहेको औंल्याए।

स्विस दूतावासका डेप्युटी हेड अफ मिसन/चार्जे डी’अफेयर्स माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा विगत एक वर्षभन्दा लामो समयदेखि प्रवर्धन गर्दै आइरहेको जानकारी दिए।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *