मुक्तिनाथका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

Muktinath Development Bank

१७ मंसिर २०७८, काठमाडौं ।

मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरू सँग सम्झौता गरेको छ ।

मुक्तिनाथ विकास बैङ्कले वीर गन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्राविसँग र काठमाडौँमा विभिन्न शाखाहरू रहेको देव कर्नर ज्वेलरी सँग व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरू जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टमेन्ट, डक्टर कन्सल्टेन्ट जस्ता प्रक्रियाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, देव कर्नरमा पनि सम्झौता पश्चात् बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले विभिन्न सेवामा ३० प्रतिशत सम्म छुट को फाइदा लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here