कर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा क्यामियोले भित्र्यायो ३ ओटा मोडल

Corn Nepal

१७ मंसिर २०७८, काठमाडौं ।

अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।

कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ (WB02, WB03, WB05) नेपालमा उपलब्ध भएका छन् ।

यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर,बिग ब्याट्रि क्यापासिटी,  नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए।

हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा ल्याएका छौं। सूपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ। हामीले कर्नका उत्पादनहरु बेच्ने मात्र नभई ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौ। उनले भने ।

कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ ७,९९९/-, डब्लूबी ०३ को ८,१९९/-, डब्लूबी ०५ को ११,९९९/- तोकिएको जनाएको छ ।

सन् २०१८ मा शुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढि देशहरुमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा उपलब्ध छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here