१९ जेठ, काठमाडौं ।
नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको उल्लेख छ ।
त्यस्तै, कोसी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यलले आठ वटा र बैंक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गरेका हुन् । त्यस्तै बैंक सञ्चालक आशा राणा अधिकारीले आठ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । ।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपः प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अहिले उद्घाटन गरेको ३८ शाखा सहित हालसम्म बैंकको २५५ शाखा कार्यलय पुगेको बताए । पिछडिएका स्थानमा समेत नबिलको हरेक बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकको भनाइ छ ।
डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको छ । बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको बैंकले जनाएको छ । यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
#NabilBank #TogetherAhead