मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा

Muktinath Bikas Bank Supports

बिहिबार, जेठ २९, २०७७
मुक्तिनाथ विकास बैंकले सानातथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आउनु भएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ।
यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिनुभएको कैलीदमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिनुभएको कान्छी मर्हजनको असमायिक निधन भएको हुदाँ निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काजक्रिया रकम क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैंया मृतककै घरमा गई प्रदान गरिएको छ।
यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानी खोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी  मैया बानीयाको श्रीमानको असमायिक मृत्यू भएको हुदा काजक्रिया खर्च वापतरु ५,००० प्रति सदस्य राहत प्रदान गरिएको छ।
यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिनु भएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरा पालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुपरु ५,००० रकम राहत वितरण गरिएको छ।
यसरी विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भयो। विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेका हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here