जाेर्ड फ्लाेइडकाे हत्या र रँगभेदी अमेरिकी इतिहास

Khanal Krishna

बिहिबार, जेठ २९, २०७७

जाेर्ड फ्लाेईडकाे हत्याले अमेरिकामा स्वेतहरुकाे कालाजातिहरु प्रतिकाे विगत देखि हेरिने दृष्टिकोणकाे निरन्तरतासँग जाेडिएकाे देखिन्छ।
हथकडी लागिसकेको फ्लाेइडकाे छातीमा ८ मिनेट भन्दा वढि समय घुँडा धसी हत्यगर्ने अभियागी श्वेतरँगी सैनिक रेडिकशेमिनसँग त्यहाँकाे अदालतले १२ लाख डलर धराैटी माग्दै कार्वाही अघिवढे पनि वासिड्टन, न्यूयाेर्क, सिकागाे, डी सी, जस्ता सैयाैँ सहरमा लागेकाे रँगभेद विराेधी नाराहरुका साथै विभेदकारी कानुन काे खारेजीको नाराले एकपटक फेरि काला र गाेरा जाती विचकाे विभेदकारी इतिहासकाे पूर्नताजगी गराएकाे छ।
कालाहरु लुटाहा,जाईलाग्ने प्रवृत्तिका र प्रतिशाेधी हुन्छन् भन्ने भ्रमपूर्ण विचारका वावजुद किन कालाहरु अमेरिकामा आफुलाई हेपिएका महशुस गर्दछन् – यसकाे फेहरिस्त नै छ अमेरिकामा।
अमेरिकी समाज र सँस्कृतीकाे इतिहासका पानहरु पल्टाउने हाे भने सन् १६१९ लेखी नै गाेरा र कालावर्णधारीहरु वीच विभेद थियाे। कालाहरु अन्यायमा मात्र नभै कानुनै वनाएर विभेद पर्दथे। “कालाहरु मारीनै का लागि” जस्ता भावनावाट श्रृजीत अमेरिकामा कालाहरुकाे दासत्वकाे कथा २०० वर्ष भन्दा पुरानो छ। मानिसलाई हाटवजारमा लगेर पशु सरह वेचिएकाे र खरिदकर्ता गाेराहरुले आफ्नाे पुर्खा माथि गरेकाे अत्याचारको स्मरणले मात्र पनि आजसम्म अफ्रिकीमूली कालाहरुकाे रगत उम्लिने जानकारहरु वताउँछन्।
१८६० काे दशकमा करिव ५ वर्षकाे गृहयुद्ध पछि अव्राहम लिँकनले सन् १८६३मा दाशमूक्तीकाे घाेषण गरे पनि गाेरा र काला विचकाे रँगभेद कायमै रह्याे। अनेकौं पटक सम्विधानलाई सँशाेधन गर्दै समानहककाे व्यवस्था गरिए पनि प्रादेशिक कानुनवाट कालाहरु राज्यद्वारा तिरस्कृत थिए। सामान्य कमजोरी पत्ता लाग्याे कि कालाहरुकाे ज्यानै जाने खालकाे कानुन र व्यवहार वनाए पछि समाजमा कालाजातिहरुकाे मनाेविज्ञानमा गाेराहरु सत्रु हुन् भन्ने परिरह्याे र प्रतिशाेधकाे अन्य कहिल्यै भईन।
कालाजातिहरु सहरमा वस्ननसक्ने परिस्थिति काे श्रृजना हुनु र उनीहरुको गाउँमा राज्यले कर कम उठेकाे वहानामा विकासको कम्जाेर सँरचनाले गर्दा पनि कालाहरु खाना र लगाउन कै अभावका कारण लुटपाटमा सँलग्न हुने घटनाका कारण कालाहरु लुटपाट र अपराधीक कार्यमा सम्लग्न हुन्छन् भन्ने सम्मकाे अभियाेगधारी कहलिए।
अमेरिकी ईतिहासमा मार्टिड लुथर किँग र मेलकम एक्सले काे विपरीत विचार द्वारा पारिएको प्रभावले समेत काला गाेरा विचकाे दुरी कायम गर्याे। मार्टिनले लुथरकाे मध्यमार्गी धारलाई पछ्याउदै सन् १९६५मा समान अधिकारकाे पूर्नवहाली पश्चात् मात्रै अमेरिकमा काला र गाेरा विचकाे द्वन्द्वलाई कम गर्ने काेशिस गरिएको हाे।
हत्या गरिएका युवा जाेर्ड फ्लाेइडकाे अन्तिम श्रद्धाञ्जली का सहभागीहरु द्वारा लगाईएका नारा र मागले पनि अमेरिकाले यस प्रकारकाे द्वन्द्व हरु आउन नदिन अझै थुप्रै गर्न वाँकी छ।
आजको अमेरिकी युवाहरुमा हिजाेका रँगभेदी ईगाे भन्दा पनि वर्तमानमा आफूलाई समाजमा कसरी स्थापित गर्नेभन्ने जिम्मेवारी ले गर्दा अधिकार र कर्तब्य काे लडाईँ भन्दा कसरी समय अनुसार टिकिरहने भन्ने विषय प्रधान देखिएकाे परिप्रेक्ष्यमा हत्तपत्त आन्दाेलन र विद्राेहमा गै हाल्ने अवस्था न देखिए पनि अमेरिकामा यस्ता ईगाेहरु भविष्यमा न दाेहाेरिएला भन्न सकिन्न।

Author:
कृष्णप्रसाद खनाल
भरतपुर -११ चितवन स्नातकोत्तर समाजशास्त्र – टि.यू.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here