मोटोरोला र खल्तीद्वारा साझेदारीको घोषणा, खल्तीमा पैसा फिर्ता पाइने

Share It On:

२१ जेठ,२०७५

मोटोरोला र खल्तीद्वारा साझेदारीको घोषणा, नयाँ स्मार्टफोन किन्दा दुइहजार रुपैयाँसम्मखल्तीमा पैसा फिर्ता पाइने नेपालमा मोबाइल पेमेन्ट र डिजिटल साक्षरता प्रबर्धन गर्नका लागी मोटोरोला र खल्ती को संयुक्त पहल
मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोन का ग्राहकहरूको बीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन । सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरु मा दुइ हजार रुपैयाँ सम्म खल्तीमा पैसा फिर्ता दिनेछ । यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरु बिच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्दैछ ।
“हामी केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरेका छैनौँ, आफ्ना दैनिक कार्यहरु सहजब नाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरीरहेका छौं । केवल फेसबुक र अन्य मनोरन्जनात्मक एप हरु मात्र प्रयोग गरेर तपाईं स्मार्ट हुन सक्नुहुन्न। तपाईं आफ्नो जीवन सजिलो र सुविधाजनक बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्नु पर्छ। अन्लाईनबाट सजिलै भुक्तानी गरी समय र पैसा को सदुपयोग गर्ने जस्ता सेवाको आत्मसात गर्न सुरुवात गर्नु पर्छ। खल्तीले नेपालमा मोबाइल भुक्तानी प्रबर्धन गर्न काम गर्दैछ। तसर्थ, खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका लागी हामीले सहकार्य सुरुवात गरेका हौं” नेपालका लागी मोटोरोलाको आधिकारीक बिक्रेता, ‘लाईफकम’ का प्रवन्ध निर्देशक अमितअग्रवालले भने।
छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ।
“अहिले लगभग हरेक युवाहरूको हातमा स्मार्टफोन पुगिसकेको छ, यद्यपि प्रायजसो लाई फोन प्रयोग गरी नगदबिना नै कारोबार गर्न सकिन्छ भन्ने थाहा छैन। हामी मोटोरोलासँग साझेदारी गरी यो अभियान सुरू गरिनयाँ स्मार्टफोन प्रयोगकर्ताहरूमा मोबाइल भुक्तान सेवा प्रदानगर्न पाउँदा उत्साहित छौं । हामी यो अभियानले नेपाली युवाहरूको बीचमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र मोबाइल भुक्तानीलाई अर्को स्तरमा पुर्याउने आशा गरेका छौँ”, खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले भने।
नयाँ स्मार्टफोन किन्ने योजना बनाइरहेका व्यक्तीका लागि यो एउटा आकर्षक अफर हो। र, यो अभियानले अहिले सम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागी बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ ।
नेपाल सरकारले भर्खरै घोषणा गरेको बजेटमा एक वर्ष भित्र सबै नेपाली बैंक खाता खोल्ने अभियान सुरु गर्ने जनाएको छ । यस साथै घरमा बसी बसी मोवाइलबाटै सरकारलाई राजश्वतिर्न सकिने प्रणालीको सुरुआत गरी सकेको यो अवस्थामा खल्ती र मोटोरोलाले गरेको यो संयुक्तअभियानले धेरै महत्व राख्ने देखिन्छ।
यो अफर अहिले का लागी चारवटा मोटोरोला स्मार्टफोनहरूको खरिदमा उपलब्ध छ मोटो सी, मोटो सी+ ,मोटो ई४, र मोटो मोटो ई४ं+। फोनहरू नेपालभरी रहेका मोटोरोला फोनका आधिकारिक पुन र्विक्रेताबाट खरिद गर्न सकिन्छ । अफर सीमित समयको लागि मात्र लागु हुनेछ ।मोटोरोला फोनको खरिद पछि कसरी खल्तीमा क्यास ब्याक प्राप्त गर्ने?


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *